ग्लोबल


बेलायती महारानी एलिजाबेथको अन्तिम विदाइ

बेलायती महारानी एलिजाबेथको अन्तिम विदाइ

नेपालखबर
असोज ३ , काठमाडौँ

दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। 

बेलायतको वेस्टमिनिस्टर आबीमा एक समारोहबीच एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको हो। 

वेस्टमिनिस्टर आबी बेलायतको ऐतिहासिक चर्च हो जहाँ राजारानीको गद्दी आरोहण तथा राजमुकुट पहिर्याइने समेत गरिन्छ।

बेलायती महारानीको अन्तिम संस्कार चलिरहंदा देशभर दुईमिनेट मौन धारण गरिएको थियो। सो क्रममा बेलायतको राष्ट्रिय धुन पनि बजाइयो। आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ।

उनको अन्त्येष्टिमा विश्वका विभिन्न देशका नेता, बेलायतका राजपरिवारका सदस्य, राजनीतिज्ञ, चर्चका प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्ति गरी २ हजार जना सहभागी भएको बताइएको छ। 

बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका छन्। 

उनको शव यसअघि ९०० बर्ष पुरानो बेस्टमिनिस्टर हलमा राखिएको थियो। परराष्ट्रमन्त्री खड्का उक्त हल पुगेर हिजो आइतबार शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए। चिसो रातको समयमा पनि घण्टौँ लामबद्द भएर थुप्रैले बेलायती महारानी एलिजाबेथलाई वेस्टमिनिस्टर हल पुगेर श्रद्धद्दासुमन अर्पण गरेका थिए। 

श्रद्धासुमनपछि भएको शवयात्रामा उनका जेठा छोरा एवं वर्तमान राजा प्रिन्स चाल्र्स तृतीय र चाल्र्सका छोराहरु प्रिन्स विलियम र ह्यारी सहभागी थिए। बेलायती नौसेनाका जवानहरु परम्परागत बाजा बजाउँदै एलिजाबेथलाई राखिएको शवपेटिका सहितको क्यारिज बोकेका थिए। 

हजाराैं मानिस बेलायती महारानीकाे शवयात्रामा सहभागी भए।

बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथ द्वितीयाको यही सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरलमा ९६ वर्षमा निधन भएको थियो।  

तत्कालीन प्रधानमन्त्री विस्टन चर्चिलपछि बेलायतमा पहिलोपटक राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको यो नै पहिलो घटना हो।

असोज ३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad