ग्लोबल


पीएनजीमा शक्तिशाली भूकम्प

पीएनजीमा शक्तिशाली भूकम्प

भूकम्पले छरिएका सुपरस्टोरका समान


नेपालखबर
भदौ २६, २०७९ आइतबार ७:५९, काठमाडौँ

पपुवा न्युगिनी (पीएनजी)मा आइतबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार पीएनजीको इस्टर्न न्युगिनी क्षेत्रलाई केन्द्र बनाएको गएको भूकम्पको कारण संरचनाहरु भत्किएका छन् भने मानिसहरुमा त्रास फैलिएको छ। 

यद्यपि अहिलेसम्म भूकम्पमा परी कसैको पनि मृत्यु भएको समाचार सार्वजनिक भएको छैन। युरोपेली भूकम्प मापन केन्द्रका अनुसार जमिनभन्दा ८० किलोमिटर मुनिबाट उक्त भूकम्प उत्पत्ति भएको हो।

अमेरिकाको सुनामी चेतावनी प्रणालीले सुरुमा सुनामीको चेतावनी दिए पनि पछि उक्त जोखिम टरेको बताएको थियो। 

पीएनजीमा भूकम्प जानु सामान्य मानिन्छ। बेलाबेलामा यो मुलुकमा ठूलोसानो भूकम्प गइरहने गर्छ।

सन् २०१८ मा पीएनजीको ग्रामीण पहाडी क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परी एक सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने हजारौं घरहरु ध्वस्त भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .