ad ad

ग्लोबल


संविधान संशोधन गरेर सी लाई थप शक्तिशाली बनाउने तयारी

संविधान संशोधन गरेर सी लाई थप शक्तिशाली बनाउने तयारी

नेपालखबर
भदौ २५, २०७९ शनिबार ९:२९, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङ थप शक्तिशाली बन्ने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले आगामी राष्ट्रिय पार्टी कांग्रेसमा आफ्नो संविधान संशोधन गरिने घोषणा गरेको हो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार सार्वजनिक गरेको समाचारमा कम्युनिष्ट पार्टीले संविधान संशोधनको तयारी गरिरहेको उल्लेख छ।

समाचारमा उल्लेख गरिएअनुसार शुक्रबार पार्टीको शक्तिशाली २५ सदस्यीय पोलिटब्युरोको बैठक बसेको थियो। यो बैठकमा केही मुख्य विषयबारे छलफल भएको थियो। उक्त बैठकमा नेताहरु आगामी कांग्रेसमा संविधान संशोधनको लागि सहमत भएका थिए। 

पार्टीको कांग्रेसले राष्ट्रपति सी लाई ऐतिहासिक तेस्रो कार्यकालको लागि अनुमोदन गर्ने सम्भावना छ। त्यस्तै कांग्रेसले शीर्ष नेतृत्वमा पनि केही महत्वपूर्ण परिवर्तन गर्ने सम्भावना छ। 

समाचारमा उल्लेख गरिएअनुसार एकीकृत विचार, अनुशासन र नीतिगत निर्देशनको लागि पनि संविधानमा संशोधन आवश्यक रहेको पोलिटब्युरोको निष्कर्ष छ।

पार्टीको आवश्यकता पूरा गर्न र नयाँ अवस्थाअनुसारको व्यवस्थाको लागि पनि संविधान संशोधन गर्नु अहिलेको आवश्यकता रहेको पोलिटब्युरो बैठकले निष्कर्ष निकालेको हो। 

आगामी महिना हुने कांग्रेसमा  अन्य केही विषयमा पनि चर्चा हुनेछ। जसमा अनावश्यक खर्च निरुत्साहन र मितव्ययितालगायतका विषयमा पनि छलफल हुनेछ।

विश्लेषकहरुका अनुसार यो कदमले पार्टीमा सीको प्रभाव अझै बढ्न सक्ने बताएका छन्। सी यसअघि नै चीनको इतिहासमा माओ त्सेतुङ र डेङ सिआओपिङपछि सबैभन्दा शक्तिशाली नेता बनिसकेका छन्। 

यसपटक संविधानमा सीको आर्थिक विकास, कानुनी शासन, कूटनीति र सुरक्षाजस्ता सोच अटाउन सक्छन्। सन् १९२१ स्थापना भएयता पार्टीको हरेक कांग्रेसमा संविधान अवस्थाअनुसार संशोधन हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .