ad ad

सुदूरपश्चिम


दार्चुलामा बाढीपहिरो : ५ जनाको शव भेटियो, ४ जना बेपत्ता, १५ घर बगे

दार्चुलामा बाढीपहिरो : ५ जनाको शव भेटियो, ४ जना बेपत्ता, १५ घर बगे

दार्चुलाको बाढीले तहसनहस बंगाबगड क्षेत्र। तस्बिर : रासस


नेपालखबर
भदौ २५, २०७९ शनिबार ९:५५, काठमाडौँ

दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ। जिल्लाका फरक फरक स्थानमा उनीहरूको शव भेटिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए। 

उनका अनुसार दार्चुलाको सदरमुकामस्थित  खलङ्गाको बंगाबगड क्षेत्रमा पहिराले १५ घर बगाएको छ भने ४ जना बेपत्ता भएका छन्।

यसैगरी महानकाली नगरपालिका २, मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा मृत भेटिएका छन्। यसैगरी नौगाड गाउँपालिका २, दललेखमा ६८ वर्षीय मोहनराज पार्की आफ्नै घरले थिचेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गाहामगले जानकारी दिए। 

यस्तै नौगाड २ सल्लामा ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना खोला किनारमा मृत भेटिएका छन्। यस्तै महानकाली नगरपालिकामा एउटा बेवारिसे शव भेटिएको उनले बताए। 

‘यो शव बेपत्ता ४ मध्ये एक जनाको हो कि भन्ने अनुमान गरिएको छ’, घटनास्थलमा रहेका प्रहरी निरीक्षक गाहामगरले नेपालखबरसँग टेलिफोनमा भने, ‘विस्तृत विवरण थाहा पाउन बाँकी छ, उद्धार जारी छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .