ग्लोबल


ट्रम्प भन्छन्– बाइडेन देशको शत्रु हुन्

ट्रम्प भन्छन्– बाइडेन देशको शत्रु हुन्

नेपालखबर
भदौ १९, २०७९ आइतबार १३:३३, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेन ‘देशको शत्रु’ भएको बताएका छन्।

पेन्सिल्भानियामा भएको र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन्। हजारौं समर्थकहरुबीच पेन्सिल्भानियाको विल्क्स–बारेमा भएको र्‍यालीमा उनले बाइडेनमाथि आफूविरुद्ध एफबीआईलाई हतियार बनाएको आरोपसमेत लगाएका छन्। 

ट्रम्पले एफबीआईले आफ्नो घरमा खानतलासी गरेको विषय उल्लेख गर्दै यो अमेरिकाको इतिहासमा शक्तिको सबैभन्दा धेरै दुरुपयोग भएको घटना भएको जिकिर गरेका छन्। दुई रिपब्लिकन उम्मेदवारको चुनावी प्रचारको लागि ट्रम्प पेन्सिल्भानिया पुगेका हुन्। 

पेन्सिल्भानियाबाट डा. मेहमेट ओज सिनेटको लागि प्रतिस्पर्धामा छन् भने स्टेट सिनेटर डोउग मास्ट्रियानो पेन्सिल्भानियाको आगामी गभर्नरको लागि चुनावी दौडमा छन्।

पेन्सिल्भानियाको चुनावी र्‍यालीमा करिब दुई घण्टा बोलेका ट्रम्पले सुरुवाती आधाभन्दा बढी समय एफबीआईले आफ्नो घरमा गरेको खानतलासीको विरोधमा बिताए।

साथै उनले सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको आरोपसमेत लगाए। ट्रम्पले आफूले अमेरिकालाई बचाउने दाबीसमेत गरे। 

ट्रम्पले लागू औषध कारोबारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग पनि गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad