एभरेष्ट बैंक लि. र पतंजली आयुर्वेद प्रा.लि., नेपालले ‘को–ब्रान्डेट’क्रेडिट कार्डको सुरुवात गरेका छन्।
तीजको अवसरमा भातको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन्।
यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने सुरुवाती ३ महिनाको लागि दर्ता शुल्कमा ५० प्रतिशत छुट हुनेछ।
सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे।
साथै रामदेवले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे।
यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुने कम्पनीको विश्वास छ।
बैंकमा हालसम्म १२ लाख भन्दा बढी ग्राहकहरु छन्। तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
Shares

प्रतिक्रिया