ताइवानी सेनाले बिहीबार ताइवान नजिक उडिरहेको एक अपरिचित सिभिलियन ड्रोन गोली हानेर झारिदिएको छ।
ताइवानी सेनाले आफ्नो जलक्षेत्रमाथी नउड्न दिएको चेतावनी विपरीत अज्ञात ब्यक्तिले ड्रोन उडाएपछि सिउ क्षेत्रमा गोली हानेर खसाल्न बाध्य हुनुपरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
ताइवानी सेनाका जवानले आफ्नो भूभागमा उडेको ड्रोन झारेको यो पहिलो पटक हो।
बिहीबारमात्र ताइवानको रक्षा मन्त्रालयले तिनवटा सिभिलियन ड्रोनबिरुद्द गोली चलाएको सथयो।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको एक महिना अघि सम्पन्न ताइवान भ्रमणपछि ताइवान र चीनबीच तनाव चर्किएको छ।
768
Shares

प्रतिक्रिया