ad ad

ग्लोबल


नोएडा : ट्विन टावर ढलेपछि प्रदूषणको चिन्ता

नोएडा : ट्विन टावर ढलेपछि प्रदूषणको चिन्ता

भारतको नोएडास्थित ट्विन टावर आइतबार विस्फोटक पदार्थबाट ध्वस्त पारिँदै गर्दा। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
भदौ १३, २०७९ सोमबार १०:५७, काठमाडौँ

भारतको नोएडास्थित ट्विन टावरलाई विस्फोटक पदार्थले ध्वस्त पारेपछि त्यहाँ वातावरण र प्रदूषणको चिन्ता बढेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार झन्डै ५ किलोमिटर परसम्म बसोबास गर्ने मानिससँगै बिरामी, रुख र बोटबिरुवाले पनि यसबाट हुने क्षति बेहोर्नु पर्नेछ।

भारतको नोएडास्थित ट्विन टावर आइतबार विस्फोटक पदार्थबाट ध्वस्त पारिँदै गर्दा। तस्बिर : भारतीय सञ्चारमाध्यम

त्यसैगरी दुई किलोमिटरभित्र रहेका जलचर, जनावर, पंक्षीलगायत वनस्पतिमा पनि यसको बढी असर पर्नेछ। यसबाट बच्न करिब एक सातासम्म लगातार पानी छर्किनुपर्ने हुन्छ। वर्षा भयो भने अवस्था फेरिन्छ।

टावर आसपास बसोबास गर्ने व्यक्तिलाई पनि स्वास्थ्य सम्बन्धी समस्या हुनेछ, पहिलेदेखि नै बिरामी भएकाको समस्या निकै बढ्न सक्छ। फोहोरले पनि प्रदूषण बढाएको छ। यसको समाधान चुनौतीपूर्ण हुनेछ। 

वरपरका पाँच हजारभन्दा बढी रुखमा प्रदूषण र विस्फोटको ठूलो प्रभाव आगामी दिनमा देखिनेछ। तीन महिनामा भग्नावशेष हटाउन पनि चुनौतीपूर्ण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .