ग्लोबल


अफगानिस्तानमा बाढीमा परी १८० जनाको मृत्यु

अफगानिस्तानमा बाढीमा परी १८० जनाको मृत्यु

नेपालखबर
भदौ ११, २०७९ शनिबार ७:५०, काठमाडौँ

अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु भएको छ।

तालिबानले बिहीबार यो तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गरेको छ। 

पछिल्लो केही सातायता अफगानिस्तानको मध्य तथा पूर्वी प्रान्तहरुमा ठूलो मात्रामा बाढीको प्रकोप फैलिएको छ। बाढीको कारण हजारौं घरहरु बगाएका छन् भने मुलुकको आर्थिक तथा मानवीय संकट पनि बढेको छ। 

तालिबनका अनुसार बाढीको कारण २५० जना मानिसहरु घाइते भएका छन् भने ३१ सयभन्दा धेरै घरहरु पूर्णरुपमा ध्वस्त भएका छन्।

अफगानिस्तानमा गत जुनमा खडेरी तथा भूकम्पको कारण एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad