ad ad

ग्लोबल


ग्रिसमा डुङ्गा डुब्दा कैयौं व्यक्ति बेपत्ता

ग्रिसमा डुङ्गा डुब्दा कैयौं व्यक्ति बेपत्ता

फाइल फाेटाे


नेपालखबर
साउन २५, २०७९ बुधबार १८:२६, एथेन्स

एजियन सागरको रोड्स टापुमा गएराति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा कैयौं व्यक्ति बेपत्ता भएका छन्। दुर्घटनामा परेका २९ जनालाई उद्धार गरिएको ग्रिसको तटरक्षक बलले बुधबार जनाएको छ।

रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रिक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार जारी राखेको ग्रिसका अधिकारीहरूले बताएका छन्।
यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धारमा बाधा पुगेको थियो। 

टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो सहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार ग्रिसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रिस पुगिसकेका छन्। सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकतरले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .