निर्देशक गणेश पाण्डेको डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ले (को–हजबेन्ड) ले अमेरिकामा उत्कृष्ट अवार्ड जितेको छ।
अमेरिकाको एटलान्टामा भएको आठौँ कब इन्टरनेसनल फिल्म फेस्टिबलमा यो डकुमेन्ट्रीले उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड जितेको हो।
अवार्ड जितेपछि निर्देशक पाण्डेले खुसी व्यक्त गर्दै डकुमेन्ट्री निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। यसअघि पनि पाण्डेका डकुमेन्ट्रीले थुप्रै अवार्ड जितेका छन्।
डकुमेन्ट्रीले ‘को–हजबेन्ड’ नेपालको बहुपति प्रथाको कथालाई उठान गरिएको छ। ३५ मिनेटको यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको छ। हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने प्रचलन छ। पाण्डेले यही प्रचलनमा आधारित डकुमेन्ट्री बनाएका हुन्।
78
Shares
प्रतिक्रिया