ताइवानका मिसाइल विकास कार्यक्रमका एक वरिष्ठ अधिकारी होटलमा मृत फेला परेका छन्।
ताइवानको रक्षा मन्त्रालयअन्तर्गतको अनुसन्धान तथा विकास एकाइका डेपुटी प्रमुख औ याङ लि–एचसिङ मृत फेला परेका हुन्।
सेन्ट्रल न्युज एजेन्सीका अनुसार दक्षिणी ताइवानको पिङटुङमा उनी मृत फेला परेका हुन्।
उनी सेनाको स्वामित्वमा रहेको नेशनल चुङ–शान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका डेपुटी प्रमुख थिए। ५७ वर्षीय औ याङको मृत्युको कारण भने खुलेको छैन।
उनी ताइवानको विभिन्न किसिमको मिसाइल उत्पादन कार्यक्रममा सामेल भएका छन्।
व्यावसायिक भ्रमणको क्रममा पिङटुङ पुगेका थिए।
पछिल्लो समय ताइवानले आफ्नो सैन्य क्षमता बढाउने उद्देश्यका साथ मिसाइल उत्पादन क्षमता दोब्बरभन्दा धेरैले बढाउनको लागि काम गरिरहेको छ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि दुवै पक्षबीचको तनाव बढिरहेको अवस्थामा यस्तो समाचार आएको हो।
Shares

प्रतिक्रिया