ग्लोबल


मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा

मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १३:३०, लस एन्जेलस

मङ्कीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो।

अमेरिकामा बिहीबारसम्ममा ६ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो। सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखापरेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो।

विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ। अहिले पनि विश्वका कतिपय देशहरूमा यसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएका समाचार आइरहेका छन्। अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमित पाइएका बताइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .