ग्लोबल


दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ व्यक्ति घाइते

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ व्यक्ति घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १३:२३, आदिस अबाबा

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। 

स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चारतले भवनमा आगलागी भएको हो। त्यस भवनको चौथो तलामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तलामा कार्यालयहरू छन्। 

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .