ग्लोबल


पेलेसीको भ्रमणपछि ताइवानप्रति आक्रामक बन्दै चीन

पेलेसीको भ्रमणपछि ताइवानप्रति आक्रामक बन्दै चीन

नेपालखबर
साउन १९, २०७९ बिहिबार ९:१४, काठमाडौँ

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चीन थप आक्रामक बनेको हो। चीनले ताइवानमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यासको तयारी गरेको छ। जसले आइतबार दिउँसोसम्म ताइवानको नाका बन्द हुनेछ। 

यसअघि नै चीनले पेलोसीले ताइवान भ्रमण गरेको अवस्थामा त्यसले गम्भीर नतिजा निम्त्याउन सक्ने चेतावनी दिएको थियो। सोही चेतावनीअनुसार नै चीनले ताइवानलाई दबाब दिने योजना अघि सारेको हो। 

ताइवाननजिकै चीनले सुरु गर्‍यो सैन्य अभ्यास

पेलोसी मंगलबार अबेर ताइवान आइपुगेकी थिइन्। बुधबार दक्षिण कोरिया उडेकी उनले भ्रमणको क्रममा ताइवानका नेताहरुसँग भेटवार्ता गर्नुका साथै मानव अधिकारकर्मीहरुसँग पनि भेटवार्ता गरेकी थिइन्। पछिल्लो २५ वर्षमा ताइवान भ्रमणमा आउने पेलोसी अमेरिकाको सबैभन्दा शीर्ष अधिकारी हुन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले पेलोसीको ताइवान भ्रमणले चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको बताएका छन्। उनले उनले यो भ्रमणले अमेरिका ताइवानको शान्ति तथा क्षेत्रीय स्थायित्वको लागि ठूलो शत्रु रहेको पनि पुष्टि भएको उनको भनाइ थियो। 

ताइवानबाट दक्षिण कोरिया हिँडिन् न्यान्सी पेलोसी, अब चीनले के गर्ला?

यससँगै बेइजिङले ताइवानलाई घेर्दै बिहीबारदेखि विभिन्न ६ स्थानमा ठूलो सैन्य अभ्यास सुरु गर्नेछ। यो अभ्यास बिहीबारदेखि आइतबारसम्म चल्नेछ। यो क्रममा एसियाका एयरलाइन्स सेवा प्रदायकहरुलाई यो अभ्यासको समयमा ताइवान नजिक भएर कुनै पनि उडान नभर्न चेतावनी दिइएको छ। साथै पानी जहाजहरुलाई पनि जोखिमपूर्ण क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिइएको छ। 

चीनले यसअघि पनि नियमितरुपमा ताइवाननजिकै सैन्य अभ्यास गर्दै आएको थियो। तर, ताइवानलाई पूरै घेरेर नाकाबन्दीको अवस्थामा सिर्जना गर्न लागेको भने पहिलोपटक हो।

पेलोसीले ताइवान छाडेसँगै बढ्यो सैन्य टक्करको जोखिम

बुधबार चीनको वाणिज्य मन्त्रालयले ताइवान निर्यात हुने बालुवामा पनि रोक लगाउने निर्णय गरेको थियो। त्यस्तै भन्सार विभागले ताइवानबाट आउने फलफूल, बिस्कुटलगायतका सामग्रीमा पनि प्रतिबन्धको निर्णय गरिसकेको छ। 

चीनले पछिल्लो समय चालेको आर्थिक कदम ताइवानमाथिको सांकेतिक कदम मात्र हो। आगामी दिनमा यो क्रम थप बढ्न सक्ने जानकारहरुको भनाइ छ।

ताइवान घेरेर ६ ठाउँमा सैन्य अभ्यास गर्ने चिनियाँ सेनाको घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad