ad ad

ग्लोबल


ताइवानबाट दक्षिण कोरिया हिँडिन् न्यान्सी पेलोसी, अब चीनले के गर्ला?

पेलोसीको भ्रमणको विरोधमा उत्तर कोरिया पनि
ताइवानबाट दक्षिण कोरिया हिँडिन् न्यान्सी पेलोसी, अब चीनले के गर्ला?

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र ताइवानकी राष्ट्रपति साई इङ्ग। तस्बिर : एपी


नेपालखबर
साउन १८, २०७९ बुधबार १८:२६, काठमाडौँ

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी विवादित टापु ताइवानबाट दक्षिण कोरियातिर लागेकी छन्। 

अमेरिकी प्रतिनिधिसहित पेलोसी मंगलबार ताइपेई पुगेकी थिइन्। अमेरिकी लडाकु जहाजको स्कर्टिङमा ताइपेई उत्रेकी उनले त्यहाँकी राष्ट्रपति साई इङ्गलाई अमेरिका सदैव ताइवानको साथमा रहेको बचन दिइन्। 

न्यान्सीले ताइवानको संसदलाई पनि सम्बोधन गर्दै सुरक्षाको मुद्दामा साथ दिइरहने बताएकी छन्। 'हामी हरक्षण ताइवानको साथमा छौँ। हामीलाई ताइवानसँगको मित्रतामा गर्व छ', उनले भनिन्। 

उनले सम्बोधनका क्रममा ४३ वर्षअघि अमेरिकाले ४३ वर्षपहिले ताइवानको पक्षमा उभिने वचन दिएको बताउँदै आज पनि त्यही अडान यथावत रहेको उल्लेख गरिन्। 

यसैबीच चीनको निकट छिमेकी उत्तर कोरियाले पनि न्यान्सी पेलोसीको ताइवान भ्रमणको निन्दा गरेको छ। 

उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको जनाएको छ।

पेलोसी ताइवान पुगेपछि भड्किएको चीनले केही अमेरिकी नेता चीन-अमेरिका सम्बन्ध बिगार्ने कोसिसमा लागेको जनाएको छ। 'जोसुकै पनि चीनविरुद्ध जान्छ, उसलाई यसको सजाय मिल्नेछ', चीनले भनेको छ।

चीनले ताइवानको चारैतिर समुद्रमा सैन्य ड्रिल गर्ने घोषणा गरेको छ। यसलाई लिएर छिमेकी जापानले चिन्ता जनाएको छ

ताइवानमाथि आर्थिक प्रतिबन्ध
यता, पेलोसीको भ्रमणबाट भड्किएको चीनले ताइवानका लागि आर्थिक संकट खडा गर्न सुरु गरेको छ।

चिनियाँ सरकारले ताइवानलाई प्राकृतिक बालुवा दिन रोक लगाएको छ। यसले ताइवानलाई ठूलो क्षति हुन सक्छ 

कोरोना महामारीपछि निर्माण र पूर्वाधार विकास ताइवानका लागि आम्दानीको स्रोत बनेको छ। यस्तोमा चीनले निर्यात रोकिदिँदा ताइवानलाई आर्थिक घाटा हुनेछ। १ जुलाईमा पनि चीनले ताइवानका १०० भन्दा धेरै खाद्य कम्पनीबाट आयातमा प्रतिबन्ध लगाइदिएको थियो।

अब चीन के गर्ला? 
चीनले अब ताइवानमाथि अझै चर्को दबाब बढाउने कोसिस गर्नेछ। यसका लागि चीनका लडाकु जहाज ताइवानको हवाई सीमा क्षेत्रमा पहिलेभन्दा धेरै घुसपैठ गर्न सक्नेछन्। 

चीनले ताइवानलाई युद्धका लागि उक्साउन सक्छ। फाइटर जेटलाई ताइवानको हवाई सीमा क्षेत्रमा पठाएर चीनले ताइवानलाई हमलाका लागि उक्साउने काम गरिरहनेछ।

चीन सरकारले अमेरिकी कूटनीतिज्ञको विरोधमा उत्रिन सक्छ। चीनले अमेरिकाबाट आफ्ना राजदूत किन ग्याङ्गलाई फिर्ता बोलाउन सक्छ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले सैन्य कारवाहीको चेतावनी दिएको थियो। यसलाई देखेर अमेरिकाका २४ फाइटर जेटले पेलोसी सवार जहाजलाई सुरक्षा दिएका थिए। 

चीनविरुद्ध ताइवान र अमेरिकी मोर्चा
पेलोसी ताइवान पुगेपछि चीनले ताइवानको के पूर्वस्थित समुद्रमा मिसाइल परीक्षण गरेको छ। रिपोर्टअनुसार अमेरिका र ताइवानका सेना चीनसँग भिड्न तयार छन्। 

अमेरिकी नेभीका ४ वटा युद्धक जहाजले उच्च सतर्क अवस्थामा ताइवानको समुद्री सीमामा गस्ती गरिरहेका छन्। यिनमा एफ-१६ र एफ-३५ जस्ता उच्च आधुनिक लडाकु जहाज र मिसाइल पनि छन्। रिपर ड्रोन र लेजर गाइडेड मिसाइल पनि तयार छन्। 

यदि चीनको तर्फबाट कुनै आक्रमण प्रयास भएमा अमेरिका र ताइवान मिलेर जवाफी हमला गर्न सक्छन्। 

ताइवानको प्रजातन्त्रको समर्थन
ताइवान पुगेपछि पेलोसीले अमेरिका त्यहाँको प्रजातन्त्रको समर्थन जारी राख्ने बताएकी थिइन्। ताइवानका २ करोड ३० लाख नागरिकको साथ अमेरिकाको एकजुटता पहिलेभन्दा अधिक महत्वपूर्ण रहेको उनले बताइन्। 

उनले विश्व आज पनि निरंकुशता र प्रजातन्त्रबीचको एक विकल्पको सामना गरिरहेको बताएकी थिइन्। उता चीनले भ्रमणको निन्दा गर्दै अमेरिकालाई आगोसँग नखेल्न चेतावनी दिएको छ। 

चीन एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो भूगोल मान्छ। अर्कातिर ताइवान आफैं भने एक स्वतन्त्र देशका रुपमा आफूलाई विश्वमाझ चिनाउन खोजिरहेको छ। चीनले ताइवानलाई उसको राजनीतिक मागकासामु झुकाएर आफ्नो हिस्सा मान्न बाध्य पार्ने लक्ष्य लिएको छ।

यता अमेरिका पनि एक चीन नीतिलाई मान्छ। तर ताइवानमाथि चीनको कब्जा देख्न चाहँदैन।

अमेरिकी राष्ट्रपति जो बाइडेनले २ महिनाअघि भनेका थिए, 'हामी एक चीन नीतिप्रति सकारात्मक छौँ। त्यसमा हस्ताक्षर गरेका छौँ। तर ताइवानलाई बल प्रयोग गरेर चीनमा समाहित गर्ने कुरा हामी मान्दैनौँ। चीनको यो कदम गलत मात्रै नभएर यसले पूरै एसियालाई नयाँ युद्धमा धकेल्न सक्नेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .