ग्लोबल


अमेरिका र चीनका राष्ट्रपतिबीच सवा दुई घण्टा टेलिफोन वार्ता

अमेरिका र चीनका राष्ट्रपतिबीच सवा दुई घण्टा टेलिफोन वार्ता

नेपालखबर
साउन १२, २०७९ बिहिबार २१:३५, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ्बीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता भएको छ। 

बाइडेन सन् २०२१ जनवरीमा अमेरिकाको राष्ट्रपति नियुक्त भएयता सी र बाइडेनबीच पाँचौ पटक कुराकानी भएको हो।

अमेरिका र चीनबीच आर्थिक तथा भूराजनीतिक तनाव चुलिएका बेला दुई राष्ट्रपतिबीच भएको कुराकानीलाई महत्वकासाथ हेरिएको छ। 

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले ह्वाइट हाउसलाई उदृत गर्दै बताएअनुसार दुई राष्ट्रप्रमुखबीच टेलिफोनमा दुई घण्टा १७ मिनेट कुराकानी भएको छ। कुराकानीमा के—के विषयमा छलफल भयो भन्ने सार्वजनिक भइसकेको छैन। 

ताइवान, युक्रेन संकट र चीन—अमेरिका व्यापारमा देखिएका अवरोध लगायतका बिषयमा कुराकानी भएको हुनसक्ने अनुमान भइरहेको छ।

रुसले युक्रेनमा गरेको आक्रमणको अमेरिकासहित पश्चिमा मुलुकले निन्दा गरेपनि चीनले रुस चिढिने भयले युक्रेन मामिलामा तटस्थ नीति लिँदै आएको छ। चीनले युक्रेनमाथिको रुसी हमलाको निन्दा गरेको छैन। 

अमेरिकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव देखिएको छ। पेलोसीको ताइवान भ्रमणको यकिन मिति सार्वजनिक भएको छैन। 

तर, अमेरिकी सभामुखको ताइवान भ्रमण भए सशक्त प्रतिवाद गर्ने चीनले चेतावनी दिइसकेको छ।

यही साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकालाई आफ्नो लक्ष्मण रेखा पार नगर्न आग्रह गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad