ग्लोबल


चीनविरुद्ध अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य प्रदर्शन

चीनविरुद्ध अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य प्रदर्शन

नेपालखबर
साउन १०, २०७९ मंगलबार १०:१५, काठमाडौँ

जापान र चीनबीच विवाद रहेको पूर्वी चीन सागरमा अमेरिकाले अहिलेसम्मकै ठूलो सैन्य प्रदर्शन गरेको छ।

जापानी सरकारी स्रोतहरुका अनुसार अमेरिकाले गत महिना उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै लडाकु विमान उडाएको हो। 

स्रोतका अनुसार निकै दुर्लभ मानिने यो घटनामा केही लडाकु विमान जापान र चीनको मिडलाइनबाट मेनल्याण्ड चीनतर्फ अघि बढेका थिए। त्यसको जवाफमा चीनले आफ्नो फाइटर विमानलाई सक्रिय बनाउँदै अमेरिकालाई पछि हट्न चेतावनी दिएको थियो। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकाको अपरेसन जुन २४ मा सकिएको थियो। हरेक दिन सातदेखि आठवटा विमान हावाबाट यात्रा गर्थे र तिनीहरूले प्रायः हावाबाट हावामा इन्धन भर्थे।

उनीहरुमध्ये करिब १० प्रतिशतले मिडलाइन रेखा गरेका थिए। जापान पनि यो अपरेसनमा सामेल भए पनि उसले मिडलाइन रेखा भने पार गरेको थिएन। 

गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले चिनियाँ समकक्षी सी चिनफिङसँग वार्ता गर्न गइरहेको बताएका थिए। उनले यो वार्तामा दुई मुलुकका सेनाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने कुरालाई ध्यानमा राख्दै यो वार्ता हुन लागेको बताएका थिए।  

स्रोतका अनुसार अमेरिकाले जापानलाई भने चीनलाई दबाब दिन यो अपरेसन चलाउन लागिएको जानकारी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad