ग्लोबल


गोली लागेर जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेपछि...(चार तस्बिर)

गोली लागेर जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेपछि...(चार तस्बिर)

तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यम


नेपालखबर
असार २४, २०७९ शुक्रबार १०:२०, काठमाडौँ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार बिहान गोली हानिएको छ। 

चुनावी सभाका क्रममा जापानको नारा सहरमा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। 

गोली लागेपछि उनी ढलेका तस्बिर तथा भिडिओ सार्वजनिक भएका छन्। मिडिया रिपोर्टका अनुसार उनलाई पछाडिबाट दुईपटक गोली लागेको थियो। उनको अवस्था चिन्ताजनक छ। 

हेर्नुहोस् घटनाका केही तस्बिर :

तलको तस्बिर आक्रमणकारीको हो (खैरो टि-सर्टमा)। गोली प्रहार गरेलगत्तै सुरक्षा बलले उनलाई पक्राउ गरेको छ। आक्रमणकारीको उमेर ४२ वर्ष रहेको बताइएको छ।​

याे पनिगोली लागी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेको भिडिओ भाइरल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .