ग्लोबल


ताइवानसँग हिमचिम घटाउन अमेरिकालाई चीनको आग्रह

ताइवानसँग हिमचिम घटाउन अमेरिकालाई चीनको आग्रह

नेपालखबर
असार १५, २०७९ बुधबार ७:३१, काठमाडौँ

चीनले अमेरिकालाई ताइवानसँग हिमचिम घटाउन आग्रह गरेको छ।

मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकालाई एक चीन सिद्धान्त र चीन–अमेरिका विज्ञप्ति कडाइका साथ पालना गर्न आग्रह गरेका हुन्।  उनले संयुक्त विज्ञप्ति निकाल्नेलगायत ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक आदानप्रदान बन्द गर्न आग्रह गरेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले २१औँ शताब्दीको व्यापारमा यूएस–ताइवान पहलबारे सोधिएको प्रश्नको जवाफमा नियमित समाचार ब्रिफिङमा सो टिप्पणी गरेका हुन्। 

‘चीनले सार्वभौमसत्ता र आधिकारिक प्रकृतिका जस्ता देखिने वार्ता वा सम्झौतासहित कूटनीतिक सम्बन्ध भएका देशद्वारा ताइवान क्षेत्रसँगको सबै प्रकारको आधिकारिक अन्तरक्रियाको चीन दृढतापूर्वक विरोध गर्दछ। यो अडान स्थिर र स्पष्ट छ’, झाओले भने, ‘संसारमा एउटा मात्र चीन छ र ताइवान त्यसको अविभाज्य भूभागको हो। जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एक मात्र कानुनी सरकार हो।’

प्रवक्ताले अमेरिकाले एक चीन नीति र तीन चीन–अमेरिकाको शर्त पालना गर्नुपर्ने बताए। साथै उनले “ताइवान स्वतन्त्रता“ पृथकतावादी शक्तिहरूलाई बढावा नदिन पनि अमेरिकालाई आग्रह गरेका छन्। 

‘हामी ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीलाई यो पनि स्पष्ट पार्न चाहन्छौं, उनीहरूले अमेरिकी समर्थनमा स्वतन्त्रता खोज्न सक्छ भन्ने विचारलाई तुरुन्तै त्याग्न आवश्यक छ किनभने तिनीहरू जति धेरै महत्वाकाङ्क्षी छ तिनीहरूको असफलता पनि त्यति नै तितो हुनेछ’, प्रवक्ताले थपे। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .