ad ad

ग्लोबल


जापानमा उच्च तापक्रम, बत्तीको स्विच बन्द गर्न नागरिकलाई आग्रह

जापानमा उच्च तापक्रम, बत्तीको स्विच बन्द गर्न नागरिकलाई आग्रह

नेपालखबर
असार १३, २०७९ सोमबार १८:२४, काठमाडौँ

जापान सरकारले टोक्यो र यसआसपासका क्षेत्रमा बस्ने नागरिकलाई अनावश्यक रुपमा बत्ती नबाल्न आग्रह गरेको छ। 

सोमबारका लागि गरिएको उक्त आग्रह एक्कासि तापक्रममा भएको वृद्धिका कारण गरिएको हो। झण्डै ३ करोड ७० लाख मानिसलाई उक्त आग्रह गरिएको बताइएको छ। 

बत्तीको स्विच अफ गर्न भने पनि एयर कन्डिसन भने अन गर्न र ‘हिटस्ट्रोक’बाट बच्न अपिल गरिएको बीबीसीले जनाएको छ। 

पछिल्लो समय जापानमा तापक्रम उच्च वृद्धि भएको छ। यो हप्ता मध्यटोक्योको तापक्रम ३५ डिग्री सेल्सियसमाथि पुग्दा इसेसाकी सहरमा ४०.२ डिग्री सेल्सियस पुगेको छ। यो तापक्रम जापानमा जुनमा रेकर्ड गरिएको अहिलेसम्मकै उच्च हो। 

जुन महिना जापानमो वर्षायामको सुरुवाती महिना हो। यस महिनाभर तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल नै रहने गरेको छ। 

आइतबार एक वक्तव्यमा जापानले सोमबार विद्युत् उत्पादनमा ३.७ प्रतिशतले कमी आउने बताएको थियो। सरकारले तीन घण्टाका लागि बत्तीको स्विच अफ गर्न भनेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .