अमेरिकाको टेक्सासमा शनिबार आतंककारीले यहुदी मन्दिर (सिनागोग) मा आक्रमण गरी ४ जनालाई बन्धक बनाएका छन्। तर एक जनालाई भने छाडिएको बताइएकाे छ।
आतंकवादीले टेक्सास जेलमा बन्दी पाकिस्तानी स्नायु वैज्ञानिक अफिया सिद्दिकीलाई रिहा गर्न माग गरेका छन्। अफियालाई अलकायदासँग सम्बन्ध रहेको भन्दै अमेरिकामा जेल सजाय सुनाइएको थियो।
टेक्सासका गभर्नर ग्रेग एबोटले शनिबार बिहान (अमेरिकी समय) डलास क्षेत्रको एक सभाघरमा मानिसहरूलाई बन्धक बनाएको बताए। अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन।
सरकारी मिडियाका अनुसार आतंकवादीले ४ जनालाई बन्धक बनाएका छन्। टेक्सास प्रहरी, स्वाट स्क्वाड र एफबीआईसहितकाे टोली घटनास्थल पुगेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि घटनाको जानकारी लिएका छन्।
घटनाबारे पछिल्ला विवरण प्राप्त भइसकेकाे छैन।
को हुन् आफिया सिद्दिकी?
पाकिस्तानी नागरिक डा. अफिया सिद्दिकीलाई अल कायदासँग सम्बद्ध रहेको आरोप छ । उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट न्युरोसाइन्समा पीएचडी गरेकी छन्।
सिद्दिकीको नाम सन् २००३ मा तब चर्चामा आएको थियो, जब आतंकवादी खालिद शेख मोहम्मदले एफबीआईलाई उनको बारेमा सुराकी दिएका थिए। सो सूचनाका आधारमा अफियालाई अफगानिस्तानबाट पक्राउ गरिएको हो। त्यहाँ उनले बगरामको जेलमा एफबीआई अधिकारीलाई मार्ने प्रयास गर्नि, त्यसपछि उनलाई अमेरिका पठाइएको हो।
आफिया सामाजिक कार्यकर्ता पनि हुन्। उनले केन्यास्थित अमेरिकी दूतावासमा आक्रमण उनीसँग आबद्ध परोपकारी संस्थाले गरेको आरोप छ। अफिया र उनका पति अमजद खानलाई एफबीआईले मे २००२ मा वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेपछि पनि सोधपुछ गरेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया