ad ad

ग्लोबल


भारतमा अयोध्या मुद्दाको ऐतिहासिक फैसला आज, नेपालसँगको सीमा बन्द

भारतमा अयोध्या मुद्दाको ऐतिहासिक फैसला आज, नेपालसँगको सीमा बन्द

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ४:१३,

भारतीय सर्वोच्च अदालतले अयोध्या मुद्दाको फैसला आज गर्दैछ।

लामाे समयदेखिकाे याे विवादकाे फैसला ऐतिहासिक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बहुचर्चित अयोध्या मुद्दाको फैसला हुने भएपछि उत्तर प्रदेशसँगै त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। फैसलाको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि निगरानी कडा पारिएको छ।

विद्यालय तथा क्याम्पस दुई दिनको लागि बन्द गरिएको छ। त्यस क्षेत्रमा झण्डै ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिजोदेखि नै राम जन्मभूमि तर्फजाने सडकमा पैदलयात्रीलाई मात्रै हिँड्न दिइएको छ।

असोध्यासँग नजिक पर्ने नेपालगञ्ज, कपिलवस्तु, भैरहवालगायतका सीमा जोडिएका क्षेत्रमासमेत सुरक्षा सतर्कता अपनाइएको छ।

नेपालगञ्जको रुपैडिया नाकामा आवतजावत बिहानैदेखि बन्द गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

नेपालले पनि आफ्नो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

यो फैसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चासोका साथ हेरेका छन्।

राम मन्दिर–बाबरी मस्जिद बिवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाइपछि फैसला गर्न लागेको हो। सुनुवाई गएको १९ असोजमा पूरा भएको थियो।

राजनीतिक रुपले अति सम्बेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर अयोध्यामा लामो समयदेखि विवाद छ।

अयोध्यामा रहेको यो जमिनको भूमिलाई हिन्दु र मुस्लिम दुबै समुदायले दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .