ad ad

ग्लोबल


अस्पतालभित्र पसेर प्रेमिका र डाक्टरलाई छुरा प्रहार, दुवैको अवस्था चिन्ताजनक

अस्पतालभित्र पसेर प्रेमिका र डाक्टरलाई छुरा प्रहार, दुवैको अवस्था चिन्ताजनक

न्यू एसटीएनएम अस्पताल


शैलेन्द्र समदर्शी
मंसिर २९, २०७८ बुधबार ११:२९, गान्तोक

भारतीय राज्य सिक्किमको राजधानी गान्तोकको सोचेग्याङस्थित न्यू एसटीएनएम अस्पतालका चिकित्सक र अस्पतालकै कर्मचारी महिलालाई छुरा हानिएको छ। 

छुरी आक्रमणमा हृदयरोग विशेषज्ञ डा. सञ्जय उप्रेती र अस्पतालकी सफाइकर्मी कला क्षेत्री गम्भीर घाइते भएका छन्।

दुवैको अवस्था चिन्ताजनक रहेकाल भेन्टिलेटर सपोर्टमा राखिएको छ। यो घटना हिजो मंगलबार अपराह्न करिब १ बजे अस्पतालको दोस्रो तलामा भएको हो।

हमलाकारी थिन्ले भोटियालाई घटनालगत्तै पक्राउ गरेर प्रहरीले घटना अनुसन्धान गरिरहेको छ। 

आक्रमण गर्ने व्यक्ति गान्तोक छेउ ताथाङ्चेन निवासी हुन्। 

प्रहरीका अनुसार हमलाकारी भोटियालाई आज अदालत पेस गरिनेछ।  उनीविरुद्ध प्रहरीले भारतीय दण्ड संहिताको धारा ३०७, ३२६ र ३५३ अन्तर्गत मुद्दा दर्ता गरेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना आरोपित थिन्ले भोटिया र उनकी महिला मित्र (पीडित कला क्षेत्री)बीच मनमुटावका कारण भएको देखाएको छ। 

दुईबीच झगडा भएको कुरा पनि प्रकाशमा आएको प्रहरीले बताएको छ।  तर कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ। 

डीआईजी (रेन्ज) भीमकुमार तामाङले बताएअनुसार ४२ वर्षीय थिन्ले भोटियाले पहिला अस्पतालकी सफाइकर्मी कला क्षेत्रीलाई छुरा हानेका थिए। उनलाई बचाउन अघि सर्दा डा. सञ्जय उप्रेतीलाई पनि हमला गरिएको हो।

अर्कातर्फ हमलाकारी थिन्ले भोटियाले कला क्षेत्री आफ्नो प्रेमिका भएको दाबी गरेका छन्।

सञ्चारकर्मीहरूको जिज्ञासामा भोटियाले आफू र कला क्षेत्रीबीच केही दिनदेखि मनमुटाव भइरहेको र मंगलबार भेट्न अस्पताल आउँदा आफूसँग जान नमानेपछि छुरा हानेको स्वीकार गरेका छन्। 

यसैबीच राज्यका मुख्यमन्त्री पीएस गोले र स्वास्थ्यमन्त्री एमके शर्माले  घटनाको निन्दा गर्दै आक्रमणकारीविरुद्ध कठोर कारबाही गरिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .