पाकिस्तानमा पकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित भएको छ। बुधबार पाकिस्तानको संसदले बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरेको हो।
बीबीसीका अनुसारपछिल्लो समय बलात्कारका घटनाबारे मानिसमा बढिरहेको आक्रोशलाई मध्यनजर गर्दै पाकिस्तानले नयाँ विधेयक पारित गरेको हो।
पाकिस्तानमा गत वर्ष बलात्कारका दोषीलाई नपुंसक बनाउने विषयमा एक अध्यादेश पनि ल्याइएको थियो। करिब एक वर्षपछि यी प्रावधानलाई एक विधेयकको रुपमा पेश गरिएको हो। जसलाई बुधबार संयुक्त सत्रमा पारित गरिएको हो।
नियम अनुसार अदालतले कानुनी प्रक्रिया पूरा गरेर सजाय सुनाएपछि एक मेडिकल बोर्डले मानिसलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउनेछ। यद्यपि पाकिस्तानको कट्टर इस्लामिक समूहले भने यो नियमको विरोध गरेको छ। जमात ए इस्लामी पार्टीले भने यो नियम इस्लामविरोधी रहेको बताएको छ।
विश्वका केही मुलुकमा मानिसलाई नपुंसक बनाउने प्रावधान छ। सन् २०१६ मा इन्डोनेसियाले बालबालिकामाथि यौन अपराध गर्नेलाई अपुंसक बनाउने व्यवस्था गरेको थियो। सन् २००९ मा पोल्याण्डले पनि यस्तै नियम ल्याएको थियो। अमेरिकाका केही राज्यमा पनि यस्तो नियम छ।
Shares

प्रतिक्रिया