ad ad

ग्लोबल


पाकिस्तानलाई चीनले दियो पहिलो युद्धपोत, अरब सागरमा बढ्न सक्छ भारतको समस्या

पाकिस्तानलाई चीनले दियो पहिलो युद्धपोत, अरब सागरमा बढ्न सक्छ भारतको समस्या

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १०:१८, काठमाडौँ

चीनले पाकिस्तानलाई पहिलो टाइप–०५४ स्टिल्थ युद्धपोत हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार अहिले पाकिस्तानलाई हस्तान्तरण गरिएको युद्धपोत कुनै पनि राडारबाट सजिलै बच्न सक्छ।

यसमा लामो दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल र एक मिनेटमा धेरै राउण्ड फायरिङ्ग गर्न सक्ने अत्याधुनिक तोप पनि राखिएको छ। 

सन् २०१७ मा चीन र पाकिस्तानबीच टाइप–०५४ युद्धपोत खरिदको सम्झौता भएको थियो। यो सम्झौता अनुसार पहिलो युद्धपोत गत वर्ष अगष्टमा तयार भएको थियो।

त्यसको करिब एक वर्षपछि यसको समुद्री परीक्षण गरिएको हो। यसअघि यो युद्धपोतले धेरै धुवाँ फाल्ने भएकाले सहजै पहिचान गर्न सकिने बताइए पनि चीनले यसको इन्जिनमा सुधार गरेको थियो। 

टाइप–०५४ युद्धपोत चिनियाँ सेनाको महत्वपूर्ण आधार हो। यो युद्धपोतमा महत्वपूर्ण आधुनिक प्रविधिको प्रयोग गरिने हुनाले आगामी दिनमा पाकिस्तानको समुद्री सुरक्षा र प्रतिरोधक क्षमता बढ्ने जानकारहरुले बताएका छन्।

यसले अरब सागरमा भारतको समस्या बढाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। पाकिस्तान र भारतबीच अरब सागरमा पछिल्लो समय तनाव बढ्दो क्रममा छ। 

फोर्ब्सका अनुसार पाकिस्तानको जलसेनाले आफ्नो शक्ति बढाउन चिनियाँ डिजाइनमा आधारित टाइप ०३९ बी युआन क्लासको पनडुब्बी पनि खरिद गर्ने भएको छ।

डिजेलबाट चल्ने यो पनडुब्बीले पाकिस्तानको जलसेनाको शक्ति अझै बढाउन सक्ने बताइएको छ। यसमा एन्टि शिप क्रुज मिसाइल राखिएको छ। यो पनडुब्बीलाई पत्ता लगाउनु पनि निकै कठिन हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .