ad ad

राजनीति


अफगानिस्तानबारे भारतमा बस्ने बैठकमा सहभागी हुन पाकिस्तानपछि चीनद्वारा अस्वीकार

अफगानिस्तानबारे भारतमा बस्ने बैठकमा सहभागी हुन पाकिस्तानपछि चीनद्वारा अस्वीकार

फाइल तस्बिर : चीनका राष्ट्रपति सी चिनफिङ।


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १०:९, काठमाडौँ

अफगानिस्तानबारे भारतमा हुन लागेको राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरीय बैठकमा सहभागी हुन पाकिस्तानपछि चीनले अस्वीकार गरेको छ।

स्रोतका आधारमा इन्डियन एक्सप्रेसले लेखेको खबरअनुसार चीनले बैठकमा सहभागी नहुनुको कारण बैठकको समय रहेको बताएको छ। 

यही नोभेम्बर १० मा हुने उक्त बैठकमा विभिन्न देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको सहभागिता रहनेछ। यो बैठकको अध्यक्षता भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्नेछन्।

उक्त बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्बेस्तान, तुर्कमेनिस्तान, कजाकिस्तान र किर्गिस्तान सहभागी हुनेछन् ।

चीनले यो बैठकमा भाग लिन अस्वीकार गरेको छ तर द्विपक्षीय कूटनीतिक मार्गबाट ​​सम्पर्क र छलफल गर्न तयार रहेको जनाएको छ।

स्रोतका अनुसार बैठकमा अफगानिस्तानमा तालिबानको कब्जा, देशभित्र र बाहिर आतंकवाद र कट्टरपन्थी, लागुऔषध उत्पादन, तस्करी, अमेरिका र उसका सहयोगीले छाडेका हतियारको सम्भावित प्रयोगबाट उत्पन्न चुनौती सामना गर्न क्षेत्रीय सुरक्षाबारे छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .