ad ad

ग्लोबल


अफगानिस्तान : तालिबानको सरकार बनेपछि विदेश मन्त्रालयका कर्मचारी भागे

अफगानिस्तान : तालिबानको सरकार बनेपछि विदेश मन्त्रालयका कर्मचारी भागे

अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी।


नेपालखबर
असोज ४, २०७८ सोमबार ९:२९, काठमाडौँ

अफगानिस्तानको विदेश मन्त्रालयका ८० प्रतिशत कर्मचारी देश छाडेर भागिसकेका छन्। परिणाम– त्यहाँ भर्खरै गठित तालिबान सरकारलाई वैदेशिक कूटनीति कायम गर्न मुस्किल परिरहेको छ। 

धेरैजसो दूतावासले तालिबानसँग सम्पर्क विच्छेद गरेका छन्। मन्त्रालयका एक पूर्वअधिकारीका अनुसार पूरै मन्त्रालय खाली भएको छ। कर्मचारीले जागिर छाडेका छन् वा विदेश गएका छन्। 

अन्य देशमा रहेका अफगान दूतावासको भविष्य पनि अन्योलमा परेको छ। धेरै दूतावासले तालिबान सरकारसँग अहिलेसम्म सम्पर्क गरेका छैनन्।

फ्रान्स, जर्मनीसहित धेरैवटा दूतावासमा रहेका कूटनीतिज्ञले सम्बन्धित देशमा शरण मागेका छन्। कतिपय कूटनीतिज्ञले भने पूर्वमन्त्री हनिफ अतमार तथा पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहसँग सम्पर्क गरेका छन्। एजेन्सी 

यो पनि : ​ठूलो खुलासाः काबुल विमानस्थलमा आत्मघाती हमला गर्ने व्यक्ति ५ वर्षअघि भारतमा समातिएका थिए!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .