नेपाललाई कोभिड-१९ महामारीको रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारसँग माग गरेको छ।
संघले बेलायत सरकारलाई पत्र पठाएर यस्तो माग गरेको हो।
अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाललाई रातो सूचीमा राख्दा नेपाल र बेलायतबीचको भ्रमणमा समस्या देखिएको उल्लेख छ। ‘भ्रमणका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ।
बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि रातो सूचीमा राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख छ।
बेलायतमा करिब डेढ लाख नेपाली बस्दै आएका छन्। गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महङ्गो खर्चमा होटलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज अवस्था बनेको पत्रमा उल्लेख छ।
अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गर्न आग्रह गरिएको छ।
अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेका छन्। अब केवल बेलायतले मात्र नेपालाई रातो सूचीबाट हटाउँन बाकी छैन।
बिहीबार नै सङ्घले लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ।
Shares
प्रतिक्रिया