पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक अन्तिम संस्कार भइरहका बेला गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको छ, १५ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार जग्गा विवादमा दुई समूहबीच गोली हानाहान भएको हो।
घाइते भएकाहरूलाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १० जनाको अवस्था गम्भीर छ।
प्रतिक्रिया