ad ad

ग्लोबल


अमेरिकी राष्ट्रपति बाइडेनले फोन नगर्दा पाकिस्तानी प्रधानमन्त्री खान पीडित

अमेरिकी राष्ट्रपति बाइडेनले फोन नगर्दा पाकिस्तानी प्रधानमन्त्री खान पीडित

पाकिस्तानका प्रधानमन्त्री इमरान खान


नेपालखबर
असोज १, २०७८ शुक्रबार ९:४०, काठमाडौँ

जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेको ८ महिना भइसकेको छ। यस अवधिमा उनले विश्वका लगभग सबै देशका प्रमुखलाई फोन गरिसकेका छन्, तर पाकिस्तानका प्रधानमन्त्री इमरान खान अझै उनको फोनको व्यग्र प्रतीक्षामै छन्। 

अनेक प्रयास गर्दा पनि बाइडेनको फोन नआउँदा उनी पीडित भएको पाइएको छ। 

सीएनएनलाई अन्तर्वार्ता दिने क्रममा इमरान खानको उत्तरबाट उक्त कुरा थाहा पाइएको हो। 

अन्तर्वार्तामा यसबारे सोध्दा पाकिस्तानका प्रधानमन्त्री खानले भने, ‘बाइडेन यति व्यस्त छन् कि उनले मलाई फोनसमेत गर्न पाएका छैनन्।’

यस क्रममा उनले अफगानिस्तानको अवस्था सामान्य बनाउन यतिबेला तालिबानलाई समय दिन जरुरी रहेको बताए।  

अमेरिकाको नाम नलिईकन उनले यो पनि भने, ‘अफगानिस्तानलाई अब बाहिरका कुनै शक्तिले चलाउन सक्दैन।’ 

प्रधानमन्त्री खानले बुधबार राति सीएनएन ‘कनेक्ट द वर्ल्ड’ कार्यक्रमका प्रस्तोता बेकी एन्डरसनलालई अन्तर्वार्ता दिएका हुन्। 

तालिबान सरकारसम्बन्धी एक प्रश्नमा उनले भने, ‘त्यो सरकारलाई सहयोग गर्न आवश्यक छ, जसले गर्दा त्यहाँको मुद्दा हल होओस्। अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्ने प्रयास गर्न हुँदैन। किनकि यो कहिल्यै सफल हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .