ad ad

ग्लोबल


रुसका राष्ट्रपति पुटिन आइसोलेसनमा

रुसका राष्ट्रपति पुटिन आइसोलेसनमा

फाइल तस्बिर : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:३३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना निकट सहयोगीलाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका छन्। 

रोयटर्सदेखि एएफपीसम्म धेरैवटा समाचार एजेन्सीले यो खबरको पुष्टि गरेका छन्। 

ताजिकिस्तान यात्रा रद्द
पुटिन यसै हप्ता केही महत्त्वपूर्ण बैठकमा भाग लिन ताजिकिस्तान जाँदै थिए। तर रुसी सरकारको कार्यालय क्रेमलिनबाट प्राप्त ताजा जानकारीअनुसार उनका सहयोगीहरूमा कोरोना संक्रमण देखिएपछि पुटिनले ताजिकिस्तानको यात्रा रद्द गरेका छन्। 

क्रेमलिनले आफ्नो वेबसाइटमा जारी गरेको सन्देशमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले आफ्ना नजिकका मानिसमा कोरोना संक्रमण पुष्टि भएकाले निश्चित अवधिका लागि अलग्गै आइसोलेसनमा बसेको बताएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .