ad ad

ग्लोबल


हाम्रा उपप्रधानमन्त्री बरादर मारिएको खबर झुटो : तालिबान

हाम्रा उपप्रधानमन्त्री बरादर मारिएको खबर झुटो : तालिबान

नेपालखबर
भदौ २८, २०७८ सोमबार १६:३९, काठमाडौँ

तालिबानका लागि प्रवक्ताका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्ने सुहैल शाहिनले मुल्ला बरादर अखुन्द घाइते भएको वा मृत्यु भएको खबर झुटो भएको दाबी गरेका छन्। 

सुहैलले ट्विट गरेका छन्, ‘इस्लामिक एमिरेट अफ अफगानिस्तानका उपप्रधानमन्त्रीले भ्वइस मेसेजमा त्यो दाबी खारेज गरेका छन्। त्यसमा उनले एक संघर्षमा आफू मारिएको वा घाइते भएको खबर झुटो भएको उल्लेख गरेका छन्।’

अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि तालिबानले यही सेप्टेम्बर ७ मा बरादरलाई उपप्रधानमन्त्री घोषणा गरेको थियो। तालिबानका संस्थापक नेतामध्ये एक मुल्ला मोहम्मद हसन अखुन्द तालिबान सरकारका प्रमुख अर्थात् प्रधानमन्त्री बनाइएका छन्। 

यो पनि–​

एकाएक बरादर किन खसालिए उपप्रधानमन्त्रीमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .