ग्लोबल


भारतमा अफगान बालबालिकाले लगाए ‘तालिबान मुर्दावाद’ नारा

भारतमा अफगान बालबालिकाले लगाए ‘तालिबान मुर्दावाद’ नारा

नेपालखबर
भदौ २६, २०७८ शनिबार १५:४४, काठमाडौँ

तालिबान शासन र अत्याचारविरुद्ध भारतमा पनि प्रदर्शन गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको दिल्लीमा रहेका अफगान नागरिकले शुक्रबार तालिबानको विरोधमा जुलुस निकालेका हुन्। 

विरोध प्रदर्शनमा ठूलो संख्यामा महिला र बालबालिकासमेत सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले अफगानिस्तानको पन्जसिर प्रान्तमा तालिबानविरुद्ध लडिरहेको अहमद मसुदको समर्थन र तालिबान–पाकिस्तानको विरोध गरेका थिए। 

प्रदर्शनकारीहरूले तालिबान मुर्दावाद, तालिबानका लागि अफगानिस्तानमा स्थान छैन, हामी स्वतन्त्रता चाहन्छौं, अफगानिस्तान घाइते छ, पाकिस्तानले आतंकवादीलाई शरण दिइरहेको छ र पाकिस्तानलाई प्रतिबन्ध लगाऔंजस्ता नारा देखिएको प्लेकार्ड बोकेका थिए। 

गत अगस्ट १५ का दिन राजधानी काबुल कब्जा गरेको तालिबानले गत मंगलबार मात्र अफगानिस्तानमा आफ्नो सरकार गठन भएको घोषणा गरेको छ। तर अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिरमा भने अझै तालिबानविरुद्ध लडाइँ भइरहेको छ। साथै राजधानी काबुल, हेरातलगायतका स्थानमा पनि महिलाले राज्य सत्तामा आफूलाई पनि बराबर अधिकार दिन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।  

यो पनि–

अलकायदाले अमेरिकामा हमला गरेको दिन आज तालिबानले गर्ने भनेको उत्सव कार्यक्रम स्थगन

अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिका दाइलाई तालिबानले पिटे, घाँटी रेटे अनि गोली बर्साए!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .