राजनीति


गृहले ‘बदनियतसाथ गरेको नागरिकता छानबिन’ रोक्न सिरोहिया सर्वोच्चमा

गृहले ‘बदनियतसाथ गरेको नागरिकता छानबिन’ रोक्न सिरोहिया सर्वोच्चमा

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १९:६, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकता छानबिन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

आफूमाथि गृह प्रशासनले बदनियतसाथ छानबिन गर्न लागेकोले त्यो प्रक्रिया रोकी पाउन उनले सर्वोच्चमा रिट दायर गरेका हुन्।

दोहोरो नागरिकता लिएको आशंकामा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले गत वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय, धनुषाबाट विवरण माग गरेको थियो। 

सिरोहियाले विभिन्न निकायमा बुझाएका नागरिकता नम्बर फरक परेको र उनको नामको नागरिकता नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भन्दै धनुषा प्रहरीमा उजुरी परेको थियो।

सिरोहियाले भने आफ्नो नागरिकतामा कुनै कैफियत नरहेको, बदनाम गर्ने र दुःख दिने नियतले मात्र छानबिनको हल्ला चलाइएको भन्दै प्रतिवाद गर्दै आएका छन्।

रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .