ad ad

ग्लोबल


अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिका दाइलाई तालिबानले पिटे, घाँटी रेटे अनि गोली बर्साए!

अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिका दाइलाई तालिबानले पिटे, घाँटी रेटे अनि गोली बर्साए!

फाइल तस्बिर : अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका दाइ रोहुल्लाह सालेह।


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १८:१३, काठमाडौँ

अफगानिस्तानमा सत्तासीन तालिबानका लडाकुले त्यहाँका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहका दाइ रोहुल्लाह सालेहको क्रूर किसिमले हत्या गरेका छन्। 

तालिबान स्रोतको दाबीअनुसार रोहुल्लाहलाई पन्जसिर उपत्यकामा बीभत्स तरिकाले मारिएको हो। 

स्रोतका अनुसार रोहुल्लहलाई तालिबानले चरम यातनापछि मारेका थिए। उनीहरूले पहिले कोर्रा र बिजुलीको तारले पिटे र त्यसपछि घाँटी रेटे। त्यसपछि पनि तड्पिरहेका उनलाई तालिबानले गोली बर्साए। 

गत अगस्ट १५ तारिखका दिन तालिबानका लडाकुले राजधानी काबुल कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनी देशै छाडेर भागे (अहिले उनी सपरिवार यूएईमा शरण लिएर बसेका छन्)।

यो पनि : ​देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपतिले दोस्रोपटक दिए स्पष्टीकरण

यसपछि उपराष्ट्रपति अमरुल्लाह सालेहले आफैंले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरे र पन्जसिर उत्यकामा गएर तालिबानविरोधी संगठन नेसनल रेसिस्टेन्स फोर्सका लडाकुसँग मिलेर तालिबानविरुद्ध युद्ध जारी रहेको उदुघोष गरे।

तर केही दिनअघि तालिबानले पन्जसिर प्रान्त पनि आफूले जितेको दाबी गरेको थियो। साथै यस क्रममा तालिबानले नोर्दन अलायन्सका कमान्डर र विद्रोहीका प्रवक्ता फहिम र पन्जसिरका शेर भनिने जनरल अहमद शाह मसुदका भतिज जनरल वदुदको हत्या गरेका थिए।

त्यस क्रममा अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह बसेको घरमा पनि ड्रोन हमला भएको र उनी पन्जसिर छाडेर ताजिकिस्तान भागेको तालिबानले दाबी गरेको छ। तर अहिलेसम्म उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। 

यो पनि : ​अफगानिस्तान : पन्जसिरबाट भागे अपदस्थ उपराष्ट्रपति

साथै ड्रोन हमला पनि कसले गर्यो भन्ने विषय विवादित छ। पाकिस्तानले गरेको दाबी गरिए पनि पाकिस्तानी सेनाले भने यो अफवाह भएको भनेर खण्डन गरिसकेको छ। एजेन्सी

यो पनि : पन्जसिरमा ड्रोन हमला गरेको आरोप लागेपछि बोल्यो पाकिस्तानी सेना, के हो घटना?

यी पनि–

तालिबानको विभेदकारी वक्तव्य: महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्ने होइन!

तालिबानविरुद्ध समानान्तर सरकार बनाउने पन्जसिर सेनाको घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .