ad ad

ग्लोबल


तालिबानले यसरी पिटे पत्रकारलाई

तालिबानले यसरी पिटे पत्रकारलाई

तालिबानबाट पिटिएका पत्रकार। यो तस्बिरः मार्कस याम/लस एन्जलस टाइम्स/सटरस्टक र तलका तस्बिरः रोयटर्सबाट।


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार २०:१५, काठमाडौँ

अफगानिस्तानमा पत्रकारविरुद्ध हिंसा बढेकामा रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले चिन्ता व्यक्त गरेको छ।

अफगानिस्तानको समाचार च्यानल टोलो न्युजका अनुसार  त्यहाँ बिहीबार तालिबानका लडाकुले पत्रकारलाई निर्घात कुटेका छन्। 

आरएसएफको अफगानिस्तान डेस्कका प्रमुख रेजा मोइनी भन्छन्, ‘सेप्टेम्बर ७ र ९ सम्म ४६ घण्टाभित्र तालिबानले २४ पत्रकारलाई नियन्त्रणमा लिएका थिए र पछि छाडे।’

तालिबानका सदस्य अनामुल्लाह समानगनीले आगामी दिनमा तालिबानले यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। 

उनले भने, ‘गत केही दिनमा पत्रकार पीडित भए, जसबाट हामी लज्जित छौं।’ 

यही सेप्टेम्बर ८ तारिखका दिन निजी पत्रिका ड एतिलात–ए–रोजले आफ्ना ५ जना समाचारदातालाई तालिबानका लडाकुले अफगाननिस्तानको राजधानी काबुलमा महिलाले गरेको विरोध प्रदर्शनको समाचार संकलन गरिरहेका बेला नियन्त्रणमा लिएर निर्घात कुटेको बताएको थियो। 

यो पनि–

अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिका दाइलाई तालिबानले पिटे, घाँटी रेटे र अनि गोली बर्साए!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .