ad ad

ग्लोबल


देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपतिले दोस्रोपटक दिए स्पष्टीकरण

देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपतिले दोस्रोपटक दिए स्पष्टीकरण

फाइल तस्बिर : अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनी


नेपालखबर
भदौ २३, २०७८ बुधबार २३:४८, काठमाडौँ

देश छाडेर भागेयता अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले दोस्रोपटक सार्वजनिक वक्तव्य दिएका छन्। 

बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफूले अफगानिस्तान छाड्नु पर्नाको कारणबारे पुनः स्पष्टीकरण दिएका हुन्। 

उनले आफूले पैसा नलगेको दाबी गर्दै सुरक्षा अधिकारीहरूकै भनाइअनुसार आफूले देश छाडेर हिँडेको बताएका छन्। राजधानी काबुलमा शान्ति कायम राख्न आफू भाग्नुको विकल्प नभएको दाबी पनि पूर्वराष्ट्रपति गनीले दोहोर्याएका छन्। 

टि्वटरमा वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘तालिबानले काबुल कब्जा गरेपछि अगस्ट १५ मा अचानक मैले काबुल छाडेको विषयमा मैले अफगानिस्तानका नागरिकलाई स्पष्ट पार्न जरुरी छ। मैले दरबारकै सुरक्षा अधिकारीहरूको भनाइअनुसार त्यहाँबाट निस्किने निर्णय गरेको हुँ।’

उनले यदि आफू त्यहीँ बसिरहेको भए ९० को दशकमा जस्तै गृहयुद्ध हुने थियो भनेका छन्। 

‘काबुल छाड्नु मेरो जिन्दगीको सबैभन्दा कठिन निर्णय थियो। तर मलाई लाग्छ, बन्दुकलाई शान्त राख्ने र काबुलका ६० लाख नागरिकलाई बचाउने उपाय यही थियो। मैले अफगानिस्तानका नागिरकलाई लोकतान्त्रिक, समृद्ध र सार्वभौम मुलुक दिन आफ्नो जीवनका २० वर्ष समय लगानी गरेको छु्, मैले कहिले पनि नागरिकलाई छाडेर हिँड्नेबारे सोचेको थिइनँ।’

पूर्वराष्ट्रपति गनीले आफूले काबुलबाट निस्कँदाको सम्पूर्ण प्रक्रियाबारे चाँडै जानकारी दिने पनि बताएका छन्। साथै उनले आफूले भाग्ने बेला लाखौं डलर लगेको भन्ने आरोप पनि आधारहीन भएको दाबी गरेका छन्। 

यसअघि पनि उनले यस्तै स्पष्टीकरण दिइसकेका छन्। 

बुधबार दोस्रोपटक उनले जारी गरेको स्पष्टीकरण वक्तव्य :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .