ग्लोबल


तालिबानविरुद्ध समानान्तर सरकार बनाउने पन्जसिर सेनाको घोषणा

तालिबानविरुद्ध समानान्तर सरकार बनाउने पन्जसिर सेनाको घोषणा

नेसनल रेसिस्टेन्स फोर्सका नेता अहमद मसुद


नेपालखबर
भदौ २३, २०७८ बुधबार १८:४१, काठमाडौँ

अफगानिस्तानमा तालिबानले आफ्नो सरकार घोषणा गरेपछि त्यहाँको पन्जसिर प्रान्तका तालिबानविरोधी ​ लडाकुले आफ्नो अलग्गै सरकार बनाउने घोषणा गरेका छन्। 

नेसनल रेसिस्टेन्स फोर्सका नेता अहमद मसुदले तालिबानको सरकारलाई अवैध भनेका छन्। उनले भने, ‘हामी पनि चाँडै आफ्ना नेता र समर्थकसँग छलफल गरेर अफगानिस्तानमा समानान्तर सरकार घोषणा गर्छाैं।’

खामा न्युजले रेसिस्टेन्स फोर्सलाई उद्धृत गर्दै लेखेको छ, ‘मसुदले यो संक्रमणकालमा लोकतान्त्रिक र वैध सरकार स्थापना गर्ने बताएका छन्। यो जनताको मतका आधारमाबनाइनेछ र यो सररकालाई अन्तर्राष्ट्रिय समुदायले समेत स्वीकार गर्नेछ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘तालिबानको नाजायज (अवैध) सरकार अफगानिस्तान, अन्य क्षेत्र र विश्वकै स्थिरता र सुरक्षाका लागि खतरा हो।’

यसअघि तालिबानले अफगानिस्तानमा मंगलबार साँझ आफ्नो सरकार घोषणा गरेको छ। 

यो पनि–

तालिबानी शिक्षामन्त्रीले भनेः मास्टर डिग्रीको कुनै मूल्य छैन, हाम्रा नेता नपढे पनि शक्तिशाली छन्

–​टाउकोको मूल्य ५९ करोड तोकिएका ‘आतंककारी’ बने अफगानिस्तानको गृहमन्त्री!

–​पन्जसिरका स्थानीय भन्छन्ः तालिबानको कब्जा दाबी झुटो, मरेको भनिएका कमान्डर जीवितै

–​सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .