ad ad

ग्लोबल


आफ्नै प्रधानमन्त्रीसँग रिसाए इजरायली रक्षामन्त्री, के भने?

आफ्नै प्रधानमन्त्रीसँग रिसाए इजरायली रक्षामन्त्री, के भने?

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:९, काठमाडौँ

इजरायलका रक्षामन्त्री योआभ गालेन्टले आफ्ना प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्टि पोखेका छन्।

युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म नखोजेको टिप्पणी उनले गरेका हुन्। 

रक्षामन्त्री गालेन्टले प्रधानमन्त्री नेतान्याहुलाई गाजामा सैन्य शासन लगाउने कुनै मनसाय नभएको सार्वजनिक रूपमा घोषणा गर्न आग्रह पनि गरेका छन्।

गालेन्टले भने, ‘मैले अक्टोबरदेखि मन्त्रिपरिषद् बैठकमा यो प्रश्न उठाइरहेको छु, तर कुनै जवाफ पाएको छैन।’

वार क्याबिनेटका अर्का मन्त्री बेनी गान्ट्ज पनि गालेन्टको भनाइमा सहमत भएका छन्।

उनले भने, ‘गालेन्टले सत्य कुरा बोलेका छन्, कुनै पनि मूल्यमा देशका लागि जे सही छ, त्यो गर्ने जिम्मेवारी नेतृत्वको हो।’

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली कारबाहीका कारण गाजामा ३५ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .