ग्लोबल


पन्जसिरका स्थानीय भन्छन्ः तालिबानको कब्जा दाबी झुटो, मरेको भनिएका कमान्डर जीवितै

पन्जसिरका स्थानीय भन्छन्ः तालिबानको कब्जा दाबी झुटो, मरेको भनिएका कमान्डर जीवितै

नेपालखबर
भदौ २२, २०७८ मंगलबार १७:९, काठमाडौँ

अफगानिस्तानको पन्जसिर उपत्यका आफूले नियन्त्रणमा लिइसकेको भनेर तालिबानले निरन्तर दाबी गरिरहेको छ। तालिबानका समर्थकले अब पूरै अफगानिस्तान आफ्नो कब्जामा आएको र सरकार गठन प्रक्रियामा जुटेको भनेर भनिरहेका छन्। 

तर पन्जसिरका स्थानीय बासिन्दाले तालिबानले झुट बोलिरहेको र उसले अहिलेसम्म पन्जसिर नियन्त्रणमा लिन नसकेको बताएका छन्। स्थानीय भन्छन्, ‘हाम्रो उपत्यका (पन्जसिर) पहिले पनि स्वतन्त्र थियो र अहिले पनि स्वतन्त्रै छ।’

यस्तो छ स्थानीयको भनाइ 
‘तालिबानले झुट बोलिरहेका छन्। उनीहरूले अहिलेसम्म पन्जसिर कब्जा गर्न सकेका छैनन्, यद्यपि उनीहरूले हाम्रो जुन क्षेत्र नियन्त्रणमा लिएका थिए, त्यो पनि हाम्रा लडाकुले फिर्ता ल्याइसकेका छन्। अब हाम्रो लडाइँ पन्जसिर उपत्यकाका लागि मात्र होइन, पूरै अफगानिस्तानमा सुरु हुनेछ। पाकिस्तान र तालिबानबाट छुट्कारा पाउन हाम्रा नेताको आह्वानसँगै पूरै देशमा विद्रोह सुरु भइसकेको छ। अब तपाईंहरू यो कुरा टीभी र सामाजिक सञ्जालहरूमा पनि देख्न पाउनुहुनेछ।’

काबुलमा बस्ने मोहम्मद शमीका अनुसार उनको परिवार अहिले पनि पन्जसिर उपत्यकामै छ। उनका परिवारजन अहिले पनि पूर्ण स्वतन्त्र छन् र उनीहरूले तालिबानको कुनै शासन भोग्नुपरेको छैन। पन्जसिर उपत्यकामा आफूलाई रेसिस्टेन्स फोर्सको कार्यकर्ता बताउने अशरफले तालिबानले झुटो बोलेको बताए। उनले भने, ‘तालिबानले अहिलेसम्म जुन क्षेत्र कब्जामा लिएका थिए, त्यो हाम्रा लडाकुले फिर्ता ल्याइसकेका छैन्।’

उनका अनुसार पन्जसिर उपत्यकाको अन्त्यसम्म पुग्ने एउटा बाटो छ, जहाँ रेसिस्टेन्सका लडाकुले माइन्स बिछ्याएका छन्। साथै तोप र ट्यांक पनि बाटामा तैनाथ छन्। उपत्यकाको अन्त्य स्थानसम्म पुग्न जुन बाटो छ, त्यसमा एकातर्फ पहाड र अर्कातर्फ हजारौं फिट गहिरो छ। 

यस्तै नेसनल रेसिस्टेन्स फोर्सले पनि तालिबानले पन्जसिर कब्जा गरेको कुरा अस्वीकार गरेको छ। फोर्सका अनुसार तालिबानले दाबी गरेको आफ्ना कमान्डर हसिब मारिएको भन्ने पनि झुटो भएको बताएको छ। फोसैले हसिबको तस्बिरसहित सामाजिक सञ्जालमा लेखेको छ– कमान्डर हसिब जीवितै छन्, तर युद्ध चरमबिन्दुमा छ।’ 

यो पनि–

पन्जसिरमा तालिबान अखडामा सैन्य विमानद्वारा हमला गरिएको दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .