गण्डकी


माग्दीको पात्लेगाउँमा पनि पुग्यो बिजुली

माग्दीको पात्लेगाउँमा पनि पुग्यो बिजुली

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८१ सोमबार ११:४१, माग्दी

म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ। नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा विद्युतीकरण भएको हो।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका एक सय २० घरमा केन्द्रिय प्रशारण लाइनको विजुली बलेको जानकारी दिए। 

दसैँको समयमा गाउँमा बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ। पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए।

मालिका –३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रिय लाइनका बिद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए। विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ।

यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका –३ को लुप्सीपार, खतेन र मालिका– ४ को ओखरबोटका पाँच सय घरमा केन्द्रिय लाइनको बिद्युत सुविधा विस्तार भएको थियो।

जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७।६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्ररढुंगाना जेभीसँग तीन करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सोही ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो। मिटरबक्स जडान र वायरीङको काम उपभोक्ता आफैले गरेका हुन्।

धवलागिरी गाउँपालिका–२ खोरीया, लमसुङ र लुलाङमा तिहार अघिनै विद्युतीकरणको तयारी गरेको रविन्द्ररढुङगाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले बताए। 

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका थिए। हालसम्म म्याग्दी बितरण केन्द्र अन्तरर्गत करिब २३ हजार विद्युतका ग्रहाक छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad