नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बालेन्द्र शाह नेतृत्वको सरकारले ४६ दिनमा ४६ गल्ती गरेको आरोप लगाएका छन्।
बिहीबार पोखरामा सुरु पार्टीको प्रदेशस्तरीय भेलामा उनले बालेन सरकारको आलोचना गरेका हुन्।

उनले भने, 'यो सरकारको कामबारे के भन्ने! ४६ दिनमा ४६ गल्ती गरिसकेको छ। अभिमन्युको १०० गल्तीले भएको दु:खान्त यो सरकारको पनि हुन्छ। यो आफ्नै कारणले ढल्छ।'
अर्को प्रसंगमा उनले कांग्रेसले गत चुनावमा भोगेको असफलतामा जनप्रतिनिधिप्रतिको असन्तुष्टि पनि कारक भएको बताए।
उनले भने, 'अब जनप्रतिनिधिले सेवा प्रवाहमा ध्यान दिनुपर्छ।'
135
Shares

प्रतिक्रिया