गण्डकी


गण्डकीका मुख्यमन्त्रीले खाए शपथ, २ महिलालाई बनाए मन्त्री

गण्डकीका मुख्यमन्त्रीले खाए शपथ, २ महिलालाई बनाए मन्त्री

मुख्यमन्त्रीको शपथ समारोह


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १३:१, पाेखरा

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेद्रराज पाण्डेले पदको शपथ खाएका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई आज प्रदेशप्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

पाण्डेले आफूसहित कांग्रेस नेतृ सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिंखडालाई बिनाविभागीय मन्त्री बनाएका छन्। सरस्वती स्याङ्जा र सुशीला गोरखाबाट सांसद बनेका हुन्। उनीहरुको शपथ हुँदै छ। 

सुरेन्द्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनलाई कांग्रेसका २७ र माओवादी केन्द्रका सभामुखसहित ८ जना एवं नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad