गण्डकी


पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो

पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १५:२६, काठमाडौँ

पर्यटकीय राजधानी पोखरामा फुटपाथ व्यापारलाई निषेध गरिएको छ।

पैदलयात्री तथा पर्यटकहरूलाई सास्ती भएको गुनासोपछि फुटपाथमा राखिएका व्यापार तथा व्यवसायलाई हटाइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यलय बैदाम, नगरप्रहरी, पर्यटन व्यवसायी तथा नागरिक समाजको संयुक्त प्रतिनिधिमण्डलले बजार अनुगमन गरि फुटपाथमा व्यापार व्यवसाय नगर्न, फुटपाथ अतिक्रमण नगर्न, जथाभाबी पार्किङ नगर्न नगराउन सचेत गराइएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए।

उनकाअनुसार पोखराको लेकसाईड क्षेत्रमा यौनजन्य क्रियाकलाप तथा फुटपाथ व्यापार मुख्य समस्याको रुपमा देखिएकोले यसलाई अन्त्य गर्न सचेतना गरिएको हो। 

कानुनको पालना गर्न व्यवसायी तथा नागरिकहरूलाई सचेत गराइएको र अटेर गरे कारबाही गरिने जनाइएको छ।

साथै सडकपेटी ढाक्नेगरि राखिएका ठेलागाडा, पसल अगाडीको सडकपेटीमा राखिएका साम्रगीहरूलाई हटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad