लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी विजयी भएका छन्।
एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको संसद यात्रा रोक्न सफ्ल केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका हुन्।
इन्जिनियर केसीले अघिल्लो चुनावमा पृथ्वीसुब्बासँग भोगेको पराजयको बदला लिइरहँदा पृथ्वीसुब्बाले १६ हजार ८७२ र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे।
नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले ३ हजार ३७१ मत ल्याए।
69
Shares

प्रतिक्रिया