कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ।
महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका अन्तर्गतका सबै मतदान केन्द्रहरूको मतगणना सकिएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया १८ हजार ८९० मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडिया १४ हजार ७६३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
अभिषेक प्रताप शाहले प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
276
Shares

प्रतिक्रिया