आफ्नै श्रीमतीको गरेको आरोपमा पालुङटार नगरपालिका-३ बोगटीगाउँका शंकर सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
२१ वर्षीया अनुष्का परियारको हत्या आरोपमा बिहीबार प्रहरीले उनलाई पक्राउ परेको हो। कुटपिटबाट गम्भीर घाइते भएकी अनुष्काको गोरखाको आँपपिपल अस्पताल, हर्मीमा उपचारका क्रममा मृत्यु भएको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले शंकरलाई नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
81
Shares

प्रतिक्रिया