गण्डकी


ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी

ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार २०:१७, पोखरा

कास्की जिल्लामा ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी गरेको आरोपमा २ जना व्यक्ति पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेनजी आन्दोलनका क्रममा प्रहरी परिसरमा राखिएका सवारीसाधन चोरी भएको सूचनाका आधारमा अनुसन्धान गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि पार्किङ गरी राखिएको ग ६ प २०६१ नम्बरको होण्डा मोटरसाइकल चोरी भएको पुष्टि भएको हो।

प्रहरीले सो मोटरसाइकलसहित पोखरा महानगरपालिका-५ पर्स्याङबाट विश्वराज परियार र पोखरा महानगरपालिका-१३ शान्तिटोल निवासी देबकुमार लोदियालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूलाई कात्तिक २१ गते अपराह्न ३ बजे नियन्त्रणमा लिएको हो। उनीहरूविरुद्ध चोरी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad