बागमती


गल्छीमा बोलेरोको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

गल्छीमा बोलेरोको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार २०:१५, हेटौँडा

धादिङको गल्छी गाउँपालिका–४ मास्टारस्थित पृथ्वी राजमार्गमा बोलेरोको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।

आइतबार (आज) साँझ ६ बजेतिर काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ०३४० नम्बरको बोलेरोले बाटो क्रस गर्दै गरेका स्थानीय ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिएको धादिङ प्रहरीले जनाएको छ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा उपचारको क्रममा ७ बजेतिरको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरी प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। 

उनका अनुसार घटनापछि स्थानीयबासीले आधा घण्टा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध गरेका थिए। इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर स्थिति नियन्त्रणमा लिएको डीएसपी दाहालले बताए।

ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad